चन्दन ठाकुर
जनकपुरधाम, २ जेठ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सर्पोट नेपालको सहजीकरणमा धनुषाको शहिद नगरपालिकामा संचालित वालिका सशक्तिकरण परियोजनाको आज अनुगन तथा निरीक्षण गरिएको छ । सो परियोजना अन्तगत शहिद नगरपालिकाको वडा नं ४ तथा वडा नं ९ मा भएको गतिविधिवारे स्थलगत निरीक्षण तथा अनुगमन गरिएको वताइएको छ । शहिद नगरपालिकाका उप-प्रमुख सुनिता देवी सिंहको नेतृत्वमा गएको एक समूहले वडा नं ४ मा ती संस्थाहरुको सहयोगमा करेसावारीका लागि कृषि समागृ दिइएको वीउविजन, कोदालो, हसिया, खूपी पानी पटाउने प्लास्टीकको झना लगायतका सामाग्रीवाट भएको उपलब्धी विषयमा अनुगन गर्नुका साथै जानकारी समेत लिइएको थियो । त्यसकार्यवाट त्यहाँका स्थानीय वासिन्दा लाभान्वित भएको संलग्न व्यक्तिहरुले वताएको थियो ।
त्यस्तै वडा न ९ मा संस्थावाट प्रदान गरिएको सेनेटरी प्याडलगायतका स्वास्थ्य सामाग्री तथा त्यसबाट भएको फाइदाका विषयमा जानकारी लिइएको थियो। यो परियोजना अन्तगत सहलेश अभिभावक शिक्षा समूह तथा स्वस्थ्य आमा समूहको आधारमा काम भएको थियो । त्यस्तै वडा नं ९ सो संस्थावाट प्रदान गरिएको सेनेटरी प्याडलगायतका स्वास्थ्य सामाग्री तथा त्यसवाट भएको फाइदाका विषयमा जानकारी लिइएको थियो । सो परियोजना अन्र्तगत सहलेश अभिभावक शिक्षा समूह तथा स्वस्थ्य आमा समूहको आधारमा काम भएको थियो । सो अनुगमनमा उक्त नगरपालिका वडा नं ९का वडा अध्यक्ष शिवकुमार यादव, स्वास्थ्य संयोजक कपिलदेव अधिकारी तथा वडा न. ४ का वडा अध्यक्ष रमेश मुखिया लगायत सर्पोट नेपाल तथा प्लान इन्टरनेशनलका पदाधिकारी तथा संचारकर्मीको सहभागिता रहेको थियो ।