जनकपुरधाम,मंसिर २ गते । मधेश प्रदेशमा मुख्यमन्त्री कार्यालय तोडफोडमा संलग्न एकजना पूर्व सांसदसहित लोसपाका २ नेता पक्राउ परेका छन् ।अनुसन्धानका लागि पक्राउ परेका पूर्व प्रदेश सभा सदस्य परमेश्वर साह सुडी र लोसपा धनुषा जिल्ला अध्यक्ष जिबेन्द्र झा मंगलवारै धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगम कुँवरले नेपाल प्रेसलाई बताए ।
नेकपा एमालेका सरोज यादव मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा विपक्षी दलका सांसदहरुले तोडफोड र कर्मचारीमाथि हातपात गरेका थिए। कांग्रेसका एकजना सांसद विरेन्द्र सिंहले राष्ट्रिय झण्डा समेत निकालेर फालेका थिए ।
साभार : नेपाल प्रेस