धनुषा, पुस ५ : मधेश प्रदेशको सभामखुमा जसपा नेपालका सांसद रामअशिष यादवले उम्मेदवारी दिएका छन्।सत्ता गठबन्धनमा सभामुख जसपा नेपाललाई दिने सहमति भएसँगै यादवले उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह प्रस्तावक र नेकपा माओवादी केन्द्रका फकिरा महतोको समर्थनमा यादवले उम्मेदवारी दर्ता गराएका हुन्।
सभामुख चयनका लागि भोलि निर्वाचन हुँदै छ। सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) निर्वाचित भएका थिए।
पदअनुकूलको आचरण नगरेको अभियोगमा तत्कालीन सभामुख रामचन्द्र मण्डल गत मंसिर ३ गते प्रदेशसभाको दुई तिहाई बहुमतबाट पदमुक्त भएका थिए।
साभार : काठमाडौं प्रेस