दिपेश मल्लिक
जनकपुरधाम, पुष १२ गते । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा बाेसिया खेल प्रतियाेगिता सम्पन्न भएकाे छ ।
नेपाल बाेसिया संघ काठमाण्डाैंकाे आयाेजनामा शनिवार जनकपुरधामकाे कबर्डहलमा साे खेलकाे आयाेजना भएकाे हाे ।
एविलिस फाउन्डेसनको सहयाेगमा सञ्चालित खेलमा मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्राेफि, स्पाईना विफिडा लागयतका व्यक्तिहरूका सहभागिता रहेकाे आयाेजकले उल्लेख गरे ।
जनकपुरधाम उपमहानगरपालिका का उपमेयर किशाेरी साहले प्रमुख अतिथिकाे आसनबाट बाेल्दै खेल प्रतियोगिताले अपांगता भएका ब्यक्तिहरूकाे मनाेबल उच्च हुने दाबी गरे ।
उनले यस्ता प्रकारका खेलहरू समय समयमा भईराखे सिभियर व्यक्तिहरू मानसिक तनाव वाट मुक्त हुने बताए । साथै उनले यस्ता खेलका कार्यक्रमले शारीरिक अशक्तता भएका व्यक्तिहरूका लागि समान अवसर र अधिकारकाे प्रत्याभूति हुने जाेड दिए ।
नेपाल वाेसिया संघ काठमाण्डाैंकि अध्यक्ष गाेमा देवी पाैडेलले प्रतियाेगितामा विभिन्न उमेर समुहका अपांग खेलाडिहरूकाे सहभागिता रहेका बताईन् ।
उनले सिवियर व्यक्तिहरूका प्रतिभा विकास , आत्मविश्वास तथा समाजिक समावेशीकरण उद्देश्य रहेकाे खुलासा गरिन् ।
कार्यक्रममा नेपाल वाेसिया संघका केन्द्रीय सदस्य हेनु कुमारी ढुंगेल, नेपाल वाेसिया संघका उपाध्यक्ष रविन्द्र खत्रि, स्पाईनल ईनजाेरी संघ नेपाल मधेश प्रदेशका अशाेक कुमार धनकार लगायतका उपस्थित रहेकाे थियाे । साथै सहभागि भएका खेलाडीहरूलाई मनाेबल बढाउन प्रशंसा पत्र प्रदान गरिएका थिए ।