काठमाडौं, पुस १४ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने भएका छन्।
तीनै दलले नागरिक उन्मुक्ति पार्टीको जाँतो निर्वाचन चिह्नबाट लड्ने गरी निर्वाचन आयोगमा बन्दसूची पेश गरेका हुन्।
सोही क्रममा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन पार्टीको गठबन्धन भईसकेको भन्दै त्यो बाहेक अन्य पार्टीसँग चुनावी तालमेल हुन सक्ने बताए।
‘हामीले तीन पार्टी मिलेर एकल चुनाव चिह्न लिएर निर्वाचनमा जाने भनेर पहिला नै एकता भएको हो। तीन पार्टीको गठबन्धन भइसकेको छ, अब त्यो बाहेक अन्य पार्टीसँग चुनावी तालमेल हुन सक्छ,’ उनले भने।
उनले तीन पार्टीको ११० जनाको एउटै बन्दसूची रहेको पनि जानकारी गराएका छन्।
साभार : काठमाडौं प्रेस
5 महीना पहिले
136 Post Views


ffffffffffffffff_1780055023.jpg)




