जनकपुरधाम, पुष १६ गते । जनकपुरधाम उपमहानगरपालिका–०९ रामानन्द चौकमा अवस्थित सारा बचत तथा ऋण सहकारी संस्थाको २४औँ साधारणसभा सम्पनन भएको छ । सभाबाट नयाँ सञ्चालक समिति चयन गरिएको छ । साधारणसभाबाट मनोज कुमार महतोको अध्यक्षतामा आगामी चार वर्षका लागि सञ्चालक समिति चयन गरिएको हो । साथै, रामविलास साहको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि गठन गरिएको छ ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा नबिन कुमार साह तेली, सचिवमा रवि शंकर बिच्छा तथा कोषाध्यक्षमा देव शरण साह चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा राम हृदय साह, उषा मिश्र र शिला देवी यादव चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको सदस्यमा टिना सिंह र अंकेश्वर यादव चयन भएका छन्। संस्थाका अध्यक्ष राधा प्रसाद यादवको अध्यक्षतामा सम्पन्न साधारणसभाले विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरेको छ। साधारणसभाको उद्घाटन संस्थाका संस्थापक सदस्यहरू पूर्व अध्यक्ष चन्द्रेश्वर प्रसाद रौनियार र पूर्व अध्यक्ष राम बदल शाहले संयुक्त रूपमा गरेका थिए ।