काठमाडौं,पुस २२ गते ।नेपाली कांग्रेस राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सीट दिने गरी सहमति भइसकेको छ। अब क्लस्टर मिलाउन बाँकी छ।
आज बसेको बैठकले उम्मेदवार टुंगो लगाउन नसकेपछि अहिले नेताहरू आन्तरिक छलफलमा छन्। कार्यसम्पादन समितिको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने गरी बोलाइएको छ।
साभार : नेपाल प्रेस