काठमाडौं, पुस २८ : पार्टीका पदाधिकारी र नृताहरुको आग्रहपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन्।
आज देउवा निवास महाराजगञ्जमा भएको छलफलमा पार्टी पदाधिकारी, नेता एवम् केन्द्रीय सदस्यहरुले सभापति देउवालाई पार्टी एकताका लागि एकपल्ट महामन्त्री थापाकासँग आफैँ पहल लिन अनुरोध गरेका थिए।
विशेष महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने सुझाव आएपछि देउवा वार्ताका लागि नरम बनेको बताइएको छ। तर छलफल कतिबेला कहाँ गर्ने भन्ने बिषय भने तय हुन बाँकी रहेको छलफलमा सहभागी एक नेताले बताएका छन्।

हार्दिक र सौहार्दपूर्ण वातावरण बन्यो भने कार्यवाहक सभापति विशेष महाधिवेशनको समापन समारोहमा उपस्थित हुने छन्। कांग्रेस नेता मीन विश्वकर्माले महाराजगञ्ज छलफलपछि सभापतिले नै महामन्त्रीहरुसँग वार्ता गर्ने बताएका छन्। उनले वार्तापछि सौहार्दपूर्ण वातावरण बनेमा विशेष महाधिवेशनको सुखद समापन हुने दाबी समेत गरे।
‘भृकुटीमण्डपमा भेला भएका साथीहरुको सम्मानका लागि कसरी शान्तिपूर्ण निष्कर्षमा पु¥याउन सकिन्छ भन्ने कुरा भयो,’ बैठकपछि बाहिरिएका उनले पत्रकारहरुसँग भने, ‘सहमतिका लागि सभापति र कार्यवाहक सभापतिले विशेष महाधिवेशन पक्षधरहरुसँग वार्ता गर्ने भन्ने भएको छ।’
नेता विश्वकर्माले दुवै पक्ष पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै दुवैका तर्फबाट एकता कायम राख्ने भन्ने कुरा भएको जानकारी पनि दिए।
साभार : काठमाडौं प्रेस