काठमाडौं, माघ ३ : सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीले आवश्यक पर्योभने मन्त्रालय, वडा, पालिका र प्रदेश सबै चलाउन सक्ने मान्यताहरु स्थापित हुँदै गएको बताएका छन्।
शनिबार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले राज्य सञ्चालन भनेको सँधै राजनीतिकर्मीले मात्र गर्न सक्छन भन्ने पुरातन मूल्य र मान्यताहरु तोडिदै गएको भन्दै पत्रकारहरुले पनि देश चलाउन सक्ने मान्यताहरु स्थापित भएको बताए।
‘राज्य सञ्चालन सँधै राजनीतिकर्मीले मात्र सक्छन्, जसले राजनीतिलाई नै मूल पेशा बनाएका छन् उनीहरुले मात्र गर्न सक्छन्, उनीहरुले मात्र गर्नुपर्छ र उनीहरु मात्रै राज्य सञ्चालनको लागि बनेको हो भन्ने केही पुरातन मूल्य र मान्यताहरु अब तोडिदै गएका छन्,’ उनले भने, ‘एउटा पत्रकार, सञ्चारकर्मीलाई समाचार लेख्न मात्रै होइन आवश्यक परेमा पत्रकारले देश चलाउन सक्छन्। मन्त्रालय, वडा, पालिका र प्रदेश चलाउन सक्छन भन्ने मान्यताहरु स्थापित हुदैँ गएका छन्।’
सञ्चारकर्मीलाई देशको बारेमा थाहा नभएको केही कुरा नभएको पनि उनको भनाई छ।
यस्तै, उनले एउटा पत्रकारलाई मन्त्री बनाएर पत्रकारिताकै बद्नाम भयो भन्ने अवस्था सिर्जना नगरेको भन्दै इमान, प्रतिष्ठा र आत्मसम्मानप्रति दखल पार्नु हुँदैन् भन्ने कुरामा सँधै सचेत रहेको बताए।
साभार : काठमाडौं प्रेस
4 महीना पहिले
73 Post Views


ffffffffffffffff_1780055023.jpg)




