जनकपुरधाम, माघ ५ गते । रास्वपाको प्रवक्ता मनिष झाले आफू धनुषा ३ बाट उम्मेदवार बन्ने जानकारी गराएका छन्। जनकपुरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै धनुषा ३ बाट उम्मेदवारीको निर्णय गरेको भन्दै सबै जनाको साथ चाहिएको बताए।
उनले भने, ‘जनकपुरले व्यापारको पनि भाषा बुझ्छ, संस्कारको पनि भाषा बुझ्छ। अब तपाईँहरूलाई म एउटा अनुरोध गर्न चाहन्छु विगतको असफलतामा लगानी गर्न चाहनुहुन्छ कि भविष्यको सफल योजनामा लगानी गर्न चाहनुहुन्छ ?’

उनले आफूहरूसँग २० वर्षमा देश कहाँ पुर्याउने भन्ने एजेन्डासहित चुनावी मैदानमा आएको बताए।
उनले भने, ‘बालेनजीको सरकारको एक जना सहकर्मीको सदस्यको रूपमा रहन चाहन्छु। तर तपाईँहरूले मलाई मत दिनुपर्छ, मन दिनुपर्छ, आशीर्वाद दिनुपर्छ, शुभकामना दिनुपर्छ। त्यसैले गर्दा म त्यो अनुरोध गर्न चाहन्छु।’
उनले आफूले जानकी हाई स्कुल एसएलसी पास गरेको बताए।
उनले थपे, ‘रामसागर बहुमुखी क्याम्पसबाट क्याम्पस पढेँ। थप पढ्न काठमाडौं र केही विदेश गएँ। फर्केर आएँ जनकपुरको शास्त्रार्थको विकासको लागि मैले जनकपुर साहित्य महोत्सव लगायत केही कामहरू विगत देखि नै गरिराखेको छु।’
साभार : नेपालं प्रेस


ffffffffffffffff_1780055023.jpg)




