काठमाडौं, माघ ८ : गरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका चौधरीको उम्दमेवारी निर्वाचन आयोगले रद्द गरेको हो। उनीविरुद्ध उजुरी परेपछि आयोग यस्तो निर्णय गरेको हो।
‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ। कानून बमोजिम गर्नु,’ आयोगले भनेको छ।
टीकापुर घटनासम्बन्धी मुद्दामा जन्मकैद सजया पाएका रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोग छलफलमै छ ।
पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो त्यसमध्ये तीन वटा उजुरी नै खारेज भइसकेको छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीबाट उम्मेदवार रहेकी जानुका पाठकविरूद्ध उजुरी परेको थियो । यी दुवै उजुरी न खारेज भएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी विरुद्ध पनि उम्मेदवारी परेको थियो । नेपालविरुद्धको उजुरी पनि खारेज भएको छ । नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का लालबिक्रम थापाविरुद्ध परेको उजुरीउपर भने निर्वाचन आयोग छलफलमा छ ।
साभार : काठमाडौं प्रेस