जनकपुरधाम ,माघ ११ गते । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।
दलगत संकीर्णता र व्यक्ति केन्द्रित राजनीतिले देश गम्भीर संकटमा परेको ठहर गर्दै उनीहरूले नयाँ राजनीतिक यात्रामा अघि बढ्ने बताएका छन्।
उक्त यात्रा केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ।

