जनकपुरधाम ,माघ ११ गते । मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत महिला क्लष्टरतर्फ नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन्।
निर्वाचनको अन्तिम मत परिणाम अनुसार झाले ७,२२२ मत प्राप्त गर्दै निर्णायक जित हासिल गरेकी हुन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की शमी कुमारी अग्रवालले १,९४४ मत प्राप्त गरिन् भने जनता समाजवादी पार्टी (जसपा) की चन्द्रकला देवी साहले ३२२ मत मात्रै प्राप्त गरिन्।
निर्वाचनमा ३५७ मत बदर भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
रेखा झाको विजयसँगै मधेश प्रदेशबाट राष्ट्रिय सभामा एमालेको प्रतिनिधित्व थप सुदृढ भएको छ। आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।
साभार : नेपाल प्रेस