काठमाडौं, माघ २४ : वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन्।
शंखमूलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। उनले दर्जनौँ नेपाली र भारतीय चलचित्रमा अभिनय गर्दै आफ्नो अलग पहिचान बनाएका थिए।
नेपाली चलचित्र क्षेत्रमा उनको निधनले अपूरणीय क्षति पुगेको कलाकार तथा चलचित्रकर्मीहरूले बताएका छन्।
साभार : काठमाडौं प्रेस
