काठमाडौं ,माघ २८ गते । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष राजीवकुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
रामुपा नेपालसहित जसपा र नाउपा नेपालको तर्फबाट धनुषा–३ का उम्मेदवार समेत रहेका आज रास्वपा प्रवेश गरेका हुन्।
उनले रास्वपा प्रवेश गरेसँगै आफ्नो समर्थन रास्वपाका उम्मेदवार मनिष झालाई भएको घोषणा गरे।
यहाँ कांग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुलीकुमारी महतो, जसपा नेपालबाट परमेश्वर साहलगायत ४५ जना प्रतिस्पर्धामा छन्।
साभार : नेपाल प्रेस
