जनकपुर,फाल्गुन २३ गते । धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ४३ हजार १४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत र नेकपा (एमाले)का जुलिकुमारी महतोले नौ हजार ५१० मत प्राप्त गर्नुभएको छ ।
साभार : रेडियो नेपाल