जनकपुरधाम ,फाल्गुन २९ गते । राप्रपाबाट निष्कासित मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छाको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बिच्छाको पद बहाली सम्बन्धि रिट निवेदनलाई खारेज गरेको हो ।
राप्रपाले नेकपा एमालेका नेता सरोज यादव नेतृत्वको सरकारमा पार्टीको निर्देशन विपरीत सहभागी भएपछि उहाँलाई फिर्ता बोलाएको थियो । पार्टीको निर्देशन नमानेपछि उहाँमाथि अनुशासनको कारबाही गर्दै राप्रपाले प्रदेशसभा सदस्यबाट पदमुक्त गराएको थियो ।
समानुपातिक प्रदेशसभा सदस्य बिच्छाले आफ्नो पद बहालीको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । विच्छा एमाले नेता यादव नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएर केही दिन काम गर्नुभएको थियो ।
साभार ः रेडियो नेपाल