काठमाडौँ, चैत्र १८ गते । प्रधानमन्त्री बालेन्द्र शाहले मधेस प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिनुभएको थियो ।

जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो ।”
प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदसँगको छलफल गरिसक्नुभएको छ ।
साभार: रेडियो नेपाल