काठमाडौं, चैत १९ : सरकारले एकै पटक ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो।

विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो।
नयाँ सरकार बनेसँगै रिक्त रहेका स्थानमा मन्त्री प्रतिभा रावलले प्रमुख प्रशासकीय अधिकृत पठाउन थालेकी छन्।
साभार : काठमाडौं प्रेस