काठमाडौं, वैशाख ९ : पछिल्लो समय विवादामा तानिएका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेपछि गृहमन्त्री गुरुङले राजीनामा बुझाएका हुन्। उनले त्यसको जानकारी सामाजिक सञ्जालबाट गराएका छन्।
'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,' उनले लेखेका छन्।
सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिए आलोचनाको केन्द्रमा परेका थिए।
साभार : काठमाडौं प्रेस
