जनकपुरधाम, १९ असार: सिटिजन बैंक जनकपुरधाम शाखाले आज जानकी बृद्धाश्रमलाई सिलिङ फेन, सारी लगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ। आज सिटिजन बैंक जनकपुरधाम शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साे सामग्री हस्तान्तरण गरेको हो। जनकपुरधाम उपमहानगरपालिका ८ स्थित रहेको बृद्धाश्रमलाई कुल २७ हजार बराबरको सामग्री हस्तान्तरण गरेकाे बैंकका डिपाेजीट मार्केटिङ हेड कृष्ण कुमार ठाकुरले बताउनुभयो। सिलिङ फेन- ८ थान, सारी - १८ थान, फुरुटी- २ काटुन, साेवाबिन, चाना, बिसकुटलगायतकाे खाध्यान सामग्री रहेको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा सिटिजन बैंकका मधेश प्रदेश प्रमुख नितेस खडकी, बैंकका जनकपुरधाम शाखा प्रमुख अभय ठाकुर, जानकी बृद्धाश्रमका लेखा रमेश मिश्रले आ आफ्नाे धारणा राख्नुभएको थियाे। साथै रोशन झा, मेनका सिंहलगायतकाे सहभागी रहेकाे थियोे।
