काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा मंगलबार उपचारका क्रममा ८३ वर्षको उमेरमा निधन भएको हो।
श्रेष्ठलाई साउन ७ गते मात्र पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको थियो।
श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीको लागि राखिने बताइएको छ।
श्रेष्ठ क्यान्सरबाट पीडित थिए। उनको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचारसमेत गरिएको थियो।
श्रेष्ठ स्याङ्जाबाट पटक पटक सांसद निर्वाचित भएका थिए। उनी भौतिक योजना, वन, उद्योग, शिक्षालगायत मन्त्रीसमेत थिए। उनी विभिन्न समयमा गरी ५ वर्ष जेलसमेत परेका थिए।
साभार ः काठमाडौं प्रेस