काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले केसीलाई पक्राउ गरिएको पुष्टि गरे। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले डीएसपी केसीलाई पक्राउ गरेको प्रवक्ता राईले बताए। सुन कारोबारसम्बन्धी मुद्दामा असुली गरेको भन्ने सूचना आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआईबीको टोली खटिएको थियो। उक्त टोलीले केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर उनी आफैंले राखेको पाइएको छ। केसीको साथबाट प्रहरीले ३५ तोला सुन र २५ लाख रुपैयाँ बरामद गरिएको छ। २५ लाख रुपैयाँ बुझाउँदा पनि सुन फिर्ता नपाएपछि व्यायारीले प्रहरीलाई खबर गरेका थिए। साभार : कोसी अनलाइन
4 वर्ष पहिले
274 Post Views



_1781661152.jpg)



