किशोर मण्डल , जनकपुरधाम। त्रिभुवन बिश्वविध्यालय को एक मात्र भेटेरिनरी स्नातक( BVSc & AH) कार्यक्रम संचालन भइरहेको पक्लिहवा क्याम्पसमा प्राध्यापक तथा बिध्यार्थी हरुको शिक्षण क्रियाकलाप लाई अझै बढी प्रभावकारी तथा अनुसन्धानमक बनाउन NLSIP परियोजनाको सहयोगमा USG तथा Haematoanalyzer पक्लिहवा क्याम्पसमा बिशेष कार्यक्रम बिच सहायक क्याम्पस प्रमुख तथा भेटेरिनरी शिक्षण अस्पतालका निर्देशक डा. शम्भु शाहले क्याम्पस प्रशासन लाई हस्तान्तरण गरेका छन।त्यस कार्यक्रममा क्याम्पस प्रमुख सह-प्राध्यापक डा.राम भजन मण्डल, सहायक क्याम्पस प्रमुख डा.शम्भु शाह तथा विभिन्न बिभागिय प्राध्यापक डा.सुमन कुमार सिंह, डा. गंगा प्रसाद यादव, डा.बिरेन्द्र श्रेष्ठ तथा मुख्य प्रशासन सहायक माधव ज्ञावाली तथा विभिन्न कर्मचारी को उपस्तिथि मा हस्तान्तरण गरिएको थियो।हस्तान्तरण कार्यक्रममा थेरियोगेनोलोजी का प्राध्यापक समेत रहेका डा. शम्भु शाहले मेसिनको प्रयोग बारेमा सम्पुर्ण उपस्थित प्राध्यापक तथा अस्पताल का कर्मचारी हरुलाइ जानकारी दिनु भयो ।त्यस्तै क्याम्पस प्रमुख राम भजन मण्डलले अब विभिन्न आधुनिक diagnostic tools को सेवा प्रभाबकारीरुपमा जनताले सेवा पाउने बताउनु भयो ।