जनकपुरधाम । जनकपुरधामको बाह्र विघा रंङ्गभूमि मैदानमा आज सम्पन्न भएको नेपाल पत्रकार महासङ्घ धनुषाको क्रिकेट टिम तथा नीजि तथा आवासीय विद्यालयका सञ्चालक एवं शिक्षकहरूको मैत्रीपूर्ण त्रिक्रेट प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ विजयी भएको छ ।
टस जितेर व्याटिङ्ग रोजेको नेपाल पत्रकार महासङ्घको क्रिकेट टिमले १४ ओभरको खेलमा सबै विकेट गुमाएर १ सय १९ रन बनाएकोमा एन प्याब्सनका शिक्षक एवं प्रधानाध्यापकहरूको टिम १३.४ ओभरमा अलआउट हुँदै ४९ रनले पराजित भयो ।
नेपाल पत्रकार महासङ्घका तर्फबाट १२ खरी डट कामका समाचारदाता कमलेश ठाकुरले सर्वाधिक २९ रन बनाएका छन् । जनकपुर टुडेका समाचारदाता सञ्जीव कुमार झाले १७ रन, रेडियो नेपाल प्रादेशिक कार्यालयका मैथिली समाचार वाचक विजय झाले १२ रन तथा नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अबधेश कामतले ७ रन बनाएका थिए ।
यसैगरी वलिङ्गतर्फ महासङ्घका फरक धार डट कमका समाचारदाता दिपक कर्णले ४ विकेट, रेडियो नेपालका संवाददाता अजय कुमार झाले ३ विकेट, पत्रकार विकास ठाकुरले २ विकेट र डेली एक्सप्रेसका पत्रकार सन्दीप साहले १ लिनुभएको थियो ।
नीजि तथा आवासीय विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुमध्ये राजर्षि क्याम्पसका शिक्षक सञ्जीव ठाकुरले ३१ रन बनाए पनि अन्यले दोहोरो रन बनाउन सक्नुभएन । सबै खेलाडी १३.४ ओभरमा अल आउट हुनुभयो ।
विकेटतर्फ सन्दीप ठाकुरले २, विमलले २, कुशेश्वरले २, ऐरे ईन्टरनेशनका प्रधानाध्यापक आशिष झाले १, मोनाष्टिक आवासीय विद्यालयका प्रधानाध्यापक डा. सोनु साहले १ तथा नीजि तथा आवासीय विद्यालय एशोसिएशनका केन्द्रीय उपाध्यक्ष एवं सर्वोदय विद्यालयका प्रधानाध्यापक ब्रजेन्द्र मिश्रले १ विकेट लिनुभएको थियो ।साभार : रेडियो नेपाल