जनकपुरधाम, फागुन १ गते । निर्वाचित जनप्रतिनिधिहरुलाई लैँङिगक समानताका साथै महिला जनप्रतिनिधिको नेतृत्व विकासका लागि काम गरिरहेको माण्डवीले चौथो मोड्युलको प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । मधेश प्रदेशका पाँच वटा जिल्लाका विभिन्न पालिकाहरुमा संचालित शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत प्रशिक्षकहरुलाई प्रशिक्षण दिइएको छ । यो भन्दा पहिला परियोजना संचालित पालिकाहरुका महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास सम्बन्धी तिन चरणको प्रशिक्षण सफलताका साथ सम्पन्न गरेका माण्डवीले चौथो चरणको प्रशिक्षण सुरुगर्नु भन्दा पहिला प्रशिक्षकको प्रशिक्षण सम्पन्न गरेको छ । ललितपुरको गोदावरी स्थित होटेल भ्यु भृकुटीमा माघ २४ गते देखि २७ गते सम्म सो प्रशिक्षक प्रशिक्षण संचालन भएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो ।स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा तिन चरणमा स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई विभिन्न प्रकारका प्रशिक्षण दिएपछि अब तालिम प्राप्त प्रशिक्षकहरुले चौथो भोड्युलको प्रशिक्षण दिनुहुने छ। माण्डवीको शी लिड्स महिला नेतृत्व कार्यक्रम मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा संचालित छन् ।