जनकपुरधाम । नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मिथिला मध्यमा परिक्रमाको आज पहिलो दिन हनुमानगढी जनकपुरधाममा साधुसंन्त,महात्मा तथा श्रद्धालु भक्तजनहरुको सुबिधालाइ ध्यानमा राखी कार्यालय सचिब कृष्ण कुमार साहको अध्यक्षतामा हेल्प डेस्क स्थापना गरिएको छ जसमा प्राथमिक उपचार सहित चिया र पानीको ब्यबस्था गरिएको छ । ओढ्ने र बिछाउन गार्हो भएको साधुसन्तहरुकालागि कम्बल र झुल समेत बितरण गर्ने संस्थाको सह सचिब रामजी राय ले बताउनु भएको छ । उक्त हेल्प डेस्कमा जिल्ला समन्वय समितिको सभापति राजनन्दन मण्डल,जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साह,तमलोपाकी नेत्री बिभा ठाकुर,क्लोथ बैंकको कोषाध्यक्ष रुबि झा,सचिब मनिष श्रीओम,नेपाल तरुण दलको नेता राकेश बिक्रम साह,धनेश्वर ठाकुर,पारस ठाकुर,सुनिल कुमार गुप्ताको सहभागीतामा संचालन गरिएको थियो ।