जनकपुरधाम । नेपाल भारत मैत्री युवा संघ धनुषा जिल्लाको आयोजनामा वृक्षारोपण कार्यक्रम गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ पिडारि चौक स्थित बागवानी अगाडी बृक्षारोपण कार्यक्रम संघका जिल्ला अध्यक्ष बजरंग यादवको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष तथा काङ्ग्रेस का सहमहामन्त्री युवा नेता आदरणीय महेन्द्र यादवको प्रमुख आतिथ्य मा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा मधेशका प्रदेशसभा सदस्य शेष नारायण यादव ,जङीलाल राय यादव , संघ का केन्द्रिय सदस्य एवं नेपाली काङ्ग्रेस मधेश प्रदेश समिति सदस्य जीवनाथ चौधरी , क्षेत्र न ४(१) का क्षेत्रीय अध्यक्ष योग नारायण यादव ,युवा नेता सुरेश कोइराला , संचार उद्यमी अकबर मन्सुर (अमन ), वडा नं का काङ्ग्रेस सभापति बिमलेस सिंह ,उप सभापति हरि शंकर यादव ,अशोक साह ,सुनिल यादव ,अभिशेख यादव ,अमित साह ,ज्ञानेश्वर यादव लगाएत दर्जनौ नेता कार्यकर्ताको उपस्थिति मा कार्यक्रम समपन्न भएको हो ।