जनकपुरधाम , फागुन १९गते ।सर्लाही जिल्लाको बरहथवाका किसानहरुलाई सहुलियत कर्जा तथा वाली विमा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि)का जनकपुर कोरिडोर कार्यालयको आयोजनामा बरहथवामा संचालित जानकी महिला कृषक समुहमा व्यापारी, सेवा प्रदायक तथा किसान विच एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । तरकारी व्यापरी नरेश महटोको अध्यक्षतामा भएको सो अन्तरक्रियामा एग्रोभेट व्यवसायी सुरेन्द्र प्रसाद साहले सहभागी हरु लाई कृषि सम्बन्धमा किसान हरु लाई जानकारी गराउनु भएको थियो । उक्त अन्तरक्रियामा तरकारी आपुर्ति श्रंखला सम्बद्ध व्यापारी, सेवा प्रदायक र किसान बिच व्यापार विस्तार तथा समन्वयका लागि छलफल भएको समृद्धि आयोजनाका जनकपुर करिडोर कार्यालयका तरकारी आपुर्ति श्रंखला सुपरिवेक्षक विष्णुदेब झाले जानकारी दिनुभयो । अन्तरक्रियाको मुख्य उद्देश्य समुहद्वारा उत्पादन गरिएको तरकारीहरुलाई सामुहिक बजारीकरणका सम्बन्धमा परियोजनाका बिना विष्टले सहभागीहरूलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा समुहहरुलाई वार्षिक तरकारी उत्पादन योजना,बेमौसमी तरकारी खेती गर्ने प्रक्रिया,गुणस्तरीय विउविजन र यसका फाइदाका बारेमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा स्थानीय किसानहरुका साथै समृद्धि आयोजनाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।