जनकपुरधाम। नेपाल परिवार दल धनुषाले फागु पूर्णिमाको(होली) अवसरमा मिथिला माध्यमिकी परिक्रमा गर्न आउने श्रद्धालु भक्तजनहरुलाई खानेकुरा, पानी साथै मास्क वितरण गरेको छ।दलको जिल्ला कार्यसमिति धनुषाले नेपालीहरूको मनोरञ्जन पर्व होलीको अवसरमा शुभकामना आदान प्रदानको साथै सम्पूर्ण नेपालीहरुमा एकता र सुख शान्तिको कामना पनि गरेको छ। त्यस्तै पार्टीले स्थानीय निकायमा संगठन विस्तारको लागि गाउँ कमिटी गठन गर्ने निर्णय गरेको नेपाल परिवार दलका जिल्ला अध्यक्ष शिवशंकर यादवले बताउनुभयो।नेपाल परिवार दल धनुषाको बैठकका निर्णयहरु आज मिति २०१९/११/२० गते शनिबारका दिन नेपाल परिवार दलको जिल्ला कार्यसमिति धनुषा बैठक बसी विभिन्न विषयहरू माथि छलफल भयो।प्रस्ताव नं १ पार्टीले गाउँपालिका, नगरपालिका तथा सम्पूर्ण नेपालीमा एकता र उपमहानगरपालिकामा संगठन तथा विस्तार कसरी हुने विषय गहन छलफलप्रस्ताव नं २ नेपालीहरुको मनोरन्जन पर्व होलीको शुभकामना आदानप्रदानप्रस्ताव नं ३ मिथिलाको महान परिक्रमाको बिषयमा बिशेष छलफलप्रस्ताव नं १ माथि छलफल हुँदा पार्टी कसरी गाउँ इकाई कमिटी गठन गर्ने र विस्तार गर्ने विषयमा सर्वसम्मतिबाट पारित भयो।प्रस्ताव नं २ माथि छलफल गर्दा फागुपुर्णिमा (होली) पर्वको सम्पूर्ण नेपालीमा एकता र सुखशान्ति होस् भनेर शुभकामना आदान- प्रदान कार्यक्रम सम्पन्न भयो।प्रस्ताव नं ३ माथि विशेष छलफल हुँदा जिल्ला कार्यसमिति धनुषामा मिथिला माध्यमिकी परिक्रममा उपस्थित जनाई हाम्रो पार्टीको तर्फबाट श्रद्धालु भक्तजनहरुलाई केही खानेकुराहरु वितरण गर्ने निर्णय भयो।१नेपाल परिवार दलको व्यानर२चिउरा, भुजा३ गुरु (मीठा), सखर र पानी४मास्क ।