जनकपुरधाम , फागुन २५ गते ।विद्यालयमा रहेका बालबालिकाहरुको मनोबैज्ञानिक विकासका लागि शिक्षक तथा सेवा प्रदायक सरोकारबलाहरुको सात दिने तालिम सम्पन्न भएको छ । प्लान ईन्टरनेसनलको आर्थिक सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा धनुषाका ३ वटा पालिकाका १० जना शिक्षक तथा केन्द्रका कर्मचारीहरुलाई उक्त क्षमता अभिबृद्धि तालिम फागुन १६ गते देखि २२ गते सम्म संचालन भएको केन्द्रका कार्यक्रम अधिकृत अनिल कुमार साहले जानकारी दिनुभयो । बाल संरक्षण परियोजना अन्तरगत कार्यक्रम संचालन भएको धनुषाका विभिन्न पालिकाहरु मध्ये शहिदनगरनगरपालिका, कमला नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाका १० जना शिक्षकहरुलाई सो सो मनासामाजिक परामर्श सम्बन्धी तालिम प्रदान गरिएको उहाँले बताउनु भयो । सात दिन सम्म मनोविद प्रशिक्षक तथा सह प्रशिक्षक संगम विकले सहभागीहरुलाई चिन्ताका कारण, लक्षण, रोकथाम लगायतका बालमोनाबैज्ञानिक विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागी भएका शिक्षक धिरेन्द्र कुमार झाले उक्त तालिम फरक रहेको बताउदै उपलब्धीमुलक रहेको बताउनु भयो । प्रधानाध्यापकको नाताले विद्यालयमा रहेका विद्यार्थीहरु मध्ये केहिमा मानसिक रुपले फरक रहेकाले उसलाई मनोसामाजिक स्थिती र शिक्षकको मनस्थिती प्रधानाध्यापकहरुले बुझ्नु पर्ने उक्त तालिमबाट जानकारी प्राप्त भएको बताउनु भयो । अब आफु पनि सिकेका मनोसामाजिक परामर्शलाई प्रयोगात्मक रुपमा विद्यालयमा प्रयोगमा ल्याउने बताउनु भयो । शिक्षक सेवा पास गरेपनि नयाँ शिक्षकहरुलाई विद्यालय पठाउनु भन्दा पहिले यस्तो मनोसामाजिक प्रशिक्षण दिएर पठाउदा यसबाट विद्यार्थीहरुको पढाईमा साकारात्मक असर पर्ने बताउनु भयो ।
यता, तालिममा सहभागी सहप्रशिक्षक संगम विकले यस्ता तालिमले विद्यालय र समाजमा रहेका बालबालिकाको मनोभावलाई बुझेर शिक्षकहरुलाई पढाउन सजिलो हुने बताउनु भयो । तालिमको समापन गर्दै सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्यकारी निर्र्देशक सुकदेव ठाकुरले कक्षामा जानु भन्दा पहिला शिक्षक शिक्षिकाहरुलाई मनोसामाजिक तालिम प्रदान गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले यस्ता तालिम अगामी दिनमा समेत संचालन गर्ने केन्द्रले योजना बनाईरहेको बताउनु भयो । सो तालिममा केन्द्रका अध्यक्ष मञ्जु कुमारी यादव सहित अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । प्लान ईन्टरनेसनलको आर्थिक सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्रले धनुषा जिल्लाको सबैला नगरपालिका,सहिदनगरनगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा बाल संरक्षण परियोजना अन्तरगत विद्यालय तथा सामाजमा विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गरेको छ ।