जनकपुरधाम, २७ गते फागुन ।नेपालको ५२ स्थानमा बेवारिसे लासको व्यवस्थापन गरिरहेका समाजसेवी विनय जंग बस्नेतले अब जनकपुरधाममा पनि आफ्ना शाखा विस्तार गर्न लागेका हुन । बेवारिसे लास व्यवस्थापन तथा पुर्नजिवन केन्द्र नामक संस्था स्थापना गरी बेवारिसे लास व्यवस्थापन तथा लागु औषध दुव्यसन गर्नेलाई पुनस्थापनको काममा लागेका बस्नेतले जनकपुरधाममा केहि समय पछि शाखा स्थापना गरी यहाँ पनि काम थालिने बताउनु भयो । जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उहाँले काठमाडौँमा आठ सय १९ वटा वेवारिसे लासको पशुपति आर्यघाटमा दागबत्ती दिईसकेको जानकारी गराउदै धनुषामा प्रहरी र स्थानीय तहको समन्वयमा शाखा स्थापना गरी काम थालिने बताउनु भयो । पछिल्लो समयमा नेपालका केहि आमाबुवालाई संन्तालनले तिर्थ घुमाउने नाउँमा भारतको मन्दिरमा छोड्ने तथा भारतबाट पशुपति दर्शनको नाउँमा छोड्ने गरेकाले सडकमा बस्नेको संख्यामा बृद्धि भईरहेको बताउनु भयो । जाड रक्सी सेवन गर्नेहरुको कारण पनि सडकमा बस्नेहरुको संख्यामा बृद्धि भईरहेकाले संस्थाले यस्को लागि निःशुल्क रुपमा काम गरिरहेको बताउनु भयो । जनकपुरधाममा बाआमा आश्रमको स्थापना गरी यस्ता सडकमा बस्नेहरुलाई व्यवस्थापन गर्न समन्वय गरिरहेको बताउनु भयो । समाजसेवी बस्नेतले विगतमा आफु पनि लागु औषधको दुव्यसनीमा फसेकाले अहिले सडकमा रहेका यस्ता दुव्यसनीहरुको पिडा आफुलाई थाहा भएकाले यस्ता मानिसलाई मनोसामाजिक उपचार पद्धतीबाट उपचार गरी सडक जीवनबाट मुक्त गर्न अभियान संचालन गरेको बताउनु भयो ।