जनकपुरधाम फागुन २८ गते । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जानकी महिला सञ्जाल धनुषाले शनिबार जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडामा बालविवाह र दहेज प्रथा विरुद्ध ¥याली सम्पन्न भएको छ । गल्र्स फस्ट फन्ड परियोजना ,किशोरी सशक्तिकरण कार्यक्रम अन्र्तगत जानकी महिला संजालधनुषा र ओरेक नेपाल धनुषाको सयुक्तं आयोजनामा वडा कार्यालयबाट ¥याली सुरुभई विभिन्न टोलको परिक्रममा गरि वडा कार्यालयको प्राङ्गणमा कोण सभा गरि सम्पन्न भएको थियो । जानकी महिला संजाल धनुषाको कोषाअध्यक्ष लता लामाको अध्यक्षता तथा लक्ष्मीनिया गाउँपालिका उपाध्यक्ष फूल कुमारी यादवको प्रमुख आतिथ्यमा इलाका प्रहरी कार्यालय लक्ष्मीनियाका प्रमुख, सिगरजोडाका वृद्धिजिवीहरु महिलाहरुको उपस्थितिमा कोण सभा सम्पन्न भएको थियो । ¥यालीमा बालविवाह अन्त्य गर्रौ , छोरीलाई दहेज होइन शिक्षा देउ । लैङ्गिक समानताकाय गर, ११३ औं अन्तराष्ट्रिय महिला दिवस सफल पारौ लगायतका नारा दिदै कार्यक्रम सम्पन्न भएको छ । ¥यालीमा भव्य सहभागिता तथा नागरिक समाज ,बुद्धिजिवि तथा स्थानीयकिशोर किशोरी ,महिलाहरुको सहभाािगता रहेको थियो भने आयोजक सस्था जानकी महिला सञ्जालकी कोषाअध्यक्ष लता लामा ,सदस्य सोनीकुमारी पण्डित तथा परियोजनका सयोजक देव कुमार महतो सामाजिक परिचालकहरु ज्ञानुका यादव,बविताकुमारी यादवलगाय सहभागीता रहेको कार्यक्रममा किशोरीहरुले बालविवाह र दहेज प्रथा विरुद्ध खुलेर नारा लगाएकाथिए । ११३ औं अन्तराष्ट्रिय महिला दिवस २०७९ लैङ्गिक समानताको बलियो आधार ः सिजर्नात्मक प्रविधिमा महिला पहुचँ विस्तार नाराका साथ मनाइएको छ । यस परियोजनाले बालविवाह ,दाइजो प्रथा लगायत महिला हिसाँ अन्त्य तथा किशोरी सशक्तिकरणमा आफनाकार्यक्रमहरु सञ्चालनगर्दै आइरहेको छ । तराईका विभिन्न जिल्लाहरुमा बालविवाह , दहेज प्रथा तथा महिला हिसाँका घटनाहरु बढी रहेका कारण परियोजनाले धनुषा जिल्लाको ३ तिनवटा गा.पा. तथा न.पा ( जनकपुरधाम उपमहानगरपालिकाको वडा नं.१८ ,नगराईन नगरपालिकाको वडा नं.२ तथा लक्ष्मीनियागाउँपालिकाको वडा नं. २ मा स्थानिय सरकारको समन्व्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ । तिन वटै स्थानीयतहमा किशोरी क्लब गठन गरि किशोरी क्लबको माध्यमले समुदायमा बालविवाह अन्त्य, दहेज निर्मुलिकरण तथा महिलाहिसाँ अन्त्यका लागि अभियान सञ्चालन गर्दै आएको छ । लक्ष्मीनिया गाउँपालिकाको वडा नं.२ मा ४० जना १४ बर्ष देखि माथिका किशोरीहरु रहेकोमा लक्ष्मीनिया किशोरी क्लब गठन गरी क्लबलाई विभिन्न खालका क्षमता अभिबृद्धि तथा जिवन उपयोगी सिपलगायत नेतृत्व विकास सम्बन्धि तालिम गोष्ठीहरु प्रदान गरि समाजमा खास गरेर सामाजिक रुपले पछाडि पारिएका समुदाय तथा जातजातिका किशोरीहरुलाई लक्षित गरि कार्यक्रम सञ्चालनगर्दै आएको छ ।