जनकपुरधाम, चैत १२ गते ।धनुषाको विदेह नगरपालिका वडा नं. ०६ स्थित श्री जनता नमूना प्राविधिक माध्यमिक विद्यालयमा १ दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ । कृषि विकास बैंक लि.मधेश प्रदेश कार्यालयको आयोजनामा यहि चैत १० गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । ग्लोबल मनी सप्ताहका अवसर पारेर बैंकद्वारा आयोजित कार्यक्रममा नमूना माध्यमिक विद्यालयमा विभिन्न संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, शिक्षक, आसपासका अभिभावक, कृषक समूहका सदस्यहरु, आमा समूहका महिलाहरु लगायतको सहभागिता रहेको कृषि विकास बैंक मधेश प्रदेश कार्यालयका सूचना अधिकारी श्री जयराम शर्माले जानकारी दिनुभयो । करिब ७५ जनाको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि बैंकका उपमहाप्रबन्धक श्री प्रताप सुवेदीले प्रशिक्षण गर्नुभयो । कृषि विकास बैंक लि. मधेश प्रदेश कार्यालयका निर्देशक श्री नवीन कुमार पाख्रिनको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री पवन कुमार मण्डल, बैंकको खजुरी शाखाका प्रबन्धक श्रीराम महासेठ, पत्रकार जितन मण्डल लगायत अतिथीहरुको उपस्थिती रहयो ।
कार्यक्रममा प्रशिक्षण गर्दै उपमहाप्रबन्धक सुवेदीले विश्व आर्थिक मन्दि चलिरहेको सन्दर्भमा नेपालमा यसको नकारात्मक असर पर्न नदिनको लागि हरेक व्यक्तिले आर्थिक कारोबारमा अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक गतिविधिमा संलग्न गृहणी देखि घरमूली सम्म सबैले बचतको बानी विकास गर्नुपर्ने, विलाशि वस्तुको मात्र उपभोग बढाउनुभन्दा उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन गर्न सुझाव दिनुभयो । कृषि विकास बैंकले ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गरी पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको हुँदा हरेक व्यक्तिले बैंकिङ्ग माध्यमबाट आर्थिक कारोबार गर्दा बचत सुरक्षित हुने, आर्थिक कारोेबार पारदर्शि हुने लगायत विभिन्न फाइदा हुने कुरामा वहाँका जोड थियो । प्रशिक्षणका क्रममा प्रमुख प्रशिक्षक सुवेदीले बैंकका विभिन्न लगानी प्रोडक्टहरु, डेबिट कार्ड, क्रेडिट कार्ड, डिजिटल बैंकिङ्ग सुविधाहरु, सफा नोट,चेक लगायत विषयमा जानकारी गराउनुभयो । घरघरायसी व्यवहारमा हुने आर्थिक कारोबारलाई बैंकिङ्ग प्रणालीमा आबद्ध गर्दा हुने फाइदाका विषयमा पर्याप्त जानकारी प्राप्त भएकोले कार्यक्रम निकै उपलब्धिमूलक भएको सहभागि मध्ये वाणिज्य संकायमा अध्ययनरत विद्यार्थी रीता यादवले प्रतिक्रिया दिनुभयो । धनुषा जिल्लाको पनि अति दुर्गम गाउँलाई लक्ष्यित गरी प्रदेश स्तरीय कार्यक्रम सञ्चालन गरेकोमा सहभागिहरुले खुशि व्यक्त गर्नुभयो । विश्व बैंकको आह्वानमा मार्च २० देखि मार्च २६लाई सन् २०१२ देखि न्यिदब िःयलभथ ध्भभप को रुपमा मनाइदै आएको छ । विश्व आर्थिक मन्दिसँग जुधिरहेको परिवेशमा एबिल थ्यगच ःयलभथ, एबिलत थ्यगच ँगतगचभ नारा सहित यो वर्षको न्यिदब िःयलभथ ध्भभप मनाइदैछ । नेपालमा पनि राष्ट्र बैंकको निर्देशन अनुसार कृषि विकास बैंकले हरेक प्रदेशमा कुनै एक स्थानमा यो कार्यक्रम सञ्चालन गर्ने क्रममा मधेश प्रदेशको कार्यक्रम उक्त विद्यालयमा सञ्चालन भएको हो । कार्यक्रममा समापन मन्तव्य राख्दै निर्देशक पाख्रिनले विभिन्न शाखाहरुको आग्रहमा प्रदेश कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहने भएपनि यो कार्यक्रम विशेष भएको बताउनुभयो । वहांले अन्य बैंक भन्दा कृषि विकास बैंकले सरल,सहज र भरपर्दो,विश्वशनीय ढंगले सेवा प्रदान गर्ने भएकोले सबैं सहभागीलाई यसै बैैकमा कारोवार गर्न समेत अनुरोध गर्नु भयो ।