जनकपुरधाम, चैत १४ गते । राज्य पक्षले अग्नीजन्य घटनाका पिडितका स्म्बन्धमा राज्यले खासै ध्यान नदिएको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले अग्नीपिडितका लागि बजेट राख्ने विषयमा मंगलबार छलफल भएको छ । स्थानीय तहमा अग्निजन्य घटना सम्बन्धी सचेतिकरण कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो घटनालाई न्युनिकरण गर्न सचेतना फैलाउने तथा पिडितका लागि वडास्तरमा बजेट विनियोजन गर्नुपर्ने तर्क राखेका थिए । अग्नीजन्य घटनाका पिडितको हितमा काम गरिरहेको बीभीएस नेपालको आयोजनामा जनकपुरधाममा भएको सो सचेतिकरण कार्यक्रममा दिइएको जानकारी अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा एक वर्षमा ५८ जना अग्नीजन्य घटनाका पिडितलाई बिभीएस नेपालले निःशुल्क उपचार गरेका छन् । एक तथ्यांक अनुसार अग्नीजन्य घटनाबाट नेपालमा एक वर्षमा ७६ हजार ७ सय ८० जना, भारतमा १० लाख जना घाइते भएका छन् भने विश्वभरी एक लाख ८० हजार जनाको अग्नीजन्य दुर्घटनाका कारण मृत्यु भएको छ । प्रायं मंसिर देखि माघ सम्म बढी यस्ता घटना हुने भएकाले सचेतना आवश्यक रहेको देखिन्छ । सो सचेतिकरण कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पालिकामा विपद व्यवस्थापनको लागि बजेट रहेको बताउदै अग्नी जन्य घटनाका पिडितका लागि अस्पताल संग समन्वय गरेर उनिहरुको उपचारका लागि पालिकाले समेत वडास्तरमा बजेट विनियोजन गर्ने बताउनु भएको थियो । सो कार्यक्रममा बोल्दै वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्णले आफुहरु चालु आर्थिक वर्र्ष देखि नै अग्नीजन्य घटनाका पिडितका लागि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । सरकारले एसिड पिडितका पक्षमा प्राथमिकताका साथ काम गरेपनि हजाराँैको संख्यामा भईरहेको अग्नीजन्य घटनाका पिडितका पक्षमा उदासिन रहेको बीभिएस नेपालका कानुन अधिकृत रेशनी रेग्मीले जानकारी दिनुभयो । नेपालमा हुने गरेको अग्नीजन्य घटनामा पुरुष भन्दा महिला बढी प्रभावित हुने गरेको तथ्यांकमा उल्लेख गरिएको छ । विगत चार महिलना पहिले यो संस्थाले प्रादेशिक अस्पताल जनकपुरधामलाई अग्नीजन्य घटनाका पिडितको उपचारका लागि ५२ लाख बराबरको मेडिकल सामानहरु समेत हस्तानान्तरण गरेको सो संस्थाका कार्यक्रम संयोजक दिपेन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँले एसिड पिडित जनकपुरधाम २० कि आरती साहलाई स्वरोजगारका लागि तत्काल संस्थाले ५० हजार समेत सहयोग गर्ने समेत जानकारी दिनुभयो । यसका साथै अग्नीजन् घटनाका पिडित महोत्तरीका ३ जना महिलालाई समेत आर्थिक उपार्जनका लागि सहयोग गरेको बताउनु भयो । महोत्तरीकी कन्चन महतोलाई सिलाई कटाई मेसिन सेट, रिंकु कापर र रेसमा सदालाई बाख्रापालनका लागि २० हजारका दरले आर्थिक सहयोग गरेको कार्यक्रम संयोजक तिवारीले जानकारी दिनुभयो । सो कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय धनुषा अन्तरगत महिला वालवालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरिक्षक चन्द्रकला भट्टराईले अग्नीजन्य घटना पिडित जिल्ला प्रहरी कार्यालय धनुषामा कमै आउने गरेको बताउनु भयो । अग्नीजन्य घटनाका पिडितहरुको संख्यामा बृद्धि भईरहेपनि यस्ता पिडितहरु सरकारको प्राथमिकतामा नपनुर््, कानुनहरु पर्याप्त नहुनु र कार्यान्वयन पक्ष कमजोर हुनु, दक्ष जनशक्ति, प्ुर्वाधार र गुणस्तरीय प्रविधीको अभाव हुनु, जनचेतनाको कमी तथा सिमित स्रोत र अत्यधिक मागका कारण अग्नीजन्य घटनाका पिडितहरुको उपचारमा चुनौती बढ्दै गएको कार्यक्रम संयोजक तिवारीले जानकारी दिनुभयो । सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, सामाजिक विकास शाखा तथा स्वास्थ्य शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।