जनकपुरधाम, चैत १८ गते ।महिला जनप्रतिनिधिको नेतृत्व विकास गर्दै लैँङिगक समानता लागि काम गरिरहेको माण्डवीले जनकपुरधाम उपमहानगरपालिकाका २७ जना महिला जनप्रतिनिधिलाई दिएको चौथो मोड्युलको प्रशिक्षण शनिबार सम्पन्न भएको छ । चार दिन सम्म भएको चौथो मोड्युलको सो प्रशिक्षणमा जनप्रतिनिधिहरुलाई आत्मविस्वास र नेतृत्व सीपलाई अझ निखार्दै आफ्नो भुमिकालाई प्रभावकारी बनाउन प्रशिक्षण दिइएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । सहभागीहरुलाई प्रशिक्षकद्वय वेगबहादुर घिमिरे तथा सम्झना बर्माले प्रशिक्षण दिनुभएको थियो । शी लिड्स तालिमको चौथो मोड्यूलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ । प्रशिक्षणको समापन सत्रमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले अगामी आर्थिक वर्षमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता विकासका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन । यस कार्यक्रमको मुख्य उदेशय निर्वाचित महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास गराई लैगिक समानता कायम गर्ने रहेको छ । यो भन्दा पहिला विहिबार बर्दिबास नगरपालिकाका २५ जना महिला जनप्रतिनिधिहरुलाई चारदिने तालिम सम्पन्न भएको शि लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत चौधरीले जानकारी दिनुभयो ।