जनकपुरधामम । जनकपुरधाममा मेयर कप टी–२० प्रतियोगिता बिहीवारदेखि शुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं १४ स्थित रजौलमा निर्माणाधीन रहेको रामजानकी बहुउद्देश्य अन्तराट्रिय रंगशालामा शुरु भएको सो प्रतियोगिताको पहिलो दिन धनुषा र महोत्तरीबिच प्रतिस्पर्धा हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा शुरु भएको सो प्रतियोगितामा कुल १२ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा जनकपुरधाम, महोत्तरी र सिरहा, हेटौंडा, रौतहट र बारा, काठमाडौं, सप्तरी र पोखरा तथा विराटनगर, सर्लाही र पर्साका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई चार समुहमा विभाजन गरि प्रत्येक समूहमा तीन÷तीन वटा टिम राखेर लिग कम नकआउटका आधारमा टी–२० फर्म्याटमा खेलहरु सञ्चालन गरिएको जिल्ला क्रिकेट संघ धनुषाले जनाएको छ । प्रतियोगिताको फाईनल खेल वैशाख १ गते हुने जानकारी जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकन्त पाण्डेले जानकारी दिएका छन । प्रतियोगिताको विजेता टिमलाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार पुरस्कारसहित ट्रफी समेत प्रदान गरिने जनाईएको छ ।