जनकपुरधाम चैत २५ गते । जनकपुरधाममा सरसफाई अभियान संचालन भईरहेको बेला क्लिन ईनर्जी नेपालले यहाँको हरेक वटामा वायु प्रदुषण विरुद्धमा काम गरिरहेको छ । सफा अभियान जनकपुरधाम बायु प्रदुषण बिरुद्धको उक्त अभियान अन्तरगत ‘सफा’ प्रोजेक्ट अन्तगत शनिबार यहाँका विभिन्न वटाका जनप्रतिनिधिहरु संग अभिमुखिकरण कार्यक्रम गरेको छ । युएस एम्बेसीको सहयोगमा क्लिन ईनर्जी नेपाल अन्तरगत जनकपुर युथ टिमले सफाई अभियान अन्तरगत सो अभिमुखिकरण गरेको ‘सफा’ परियोजनाका फोकल व्यक्ति धिरज साहले जानकारी दिनुभयो । पहिलो चरणमा यहाँका जनप्रतिनिधि संग सरसफाई तथा वायु प्रदुषणका सम्बन्धमा छलफल गरेको टीमले आइतबार जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका य्ुवाहरु संग अभिमुखिकरण गर्ने छन् । वडास्तरमा युवाहरुलाई संगठित गरी फोहरमैला व्यवस्थापन तथा वायु प्रदुषणका विरुद्धमा सक्रिय हुने फोकल व्यक्ति साहले जानकारी दिनुभयो । सहभागी जनप्रतिनिधिहरुलाई प्रशिक्षक राजु पासमानले वायु प्रदुषण भए यसले हाम्रो जनजीवनमा पार्ने अल्पकालिन तथा दिर्घकालिन असरका बारेमा जानकारी गराउनु भएको थियो ।