जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक झण्डै दुई महिनापछि आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक डाकेको हो ।फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेश खेलकुद विकास सम्बन्धी विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने आजको बैठकको कार्यसूची रहेको आजको बैठकमा दुईवटा कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।गत आर्थिक वर्षको १८ योजनाको करिब एक अर्ब रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गर्न बाँकी छ । उक्त भुक्तानी अहिले प्रदेश सरकारको टाउको दुखाइ बनेको छ ।मुख्यमन्त्रीको शपथ ग्रहण गरे लगत्तै सरोज कुमार यादवले बाँकी बक्यौता रकम छानबिन गरी तत्कालै भुक्तानी दिने प्रतिबद्धता प्रदेशसभा बैठकमै गरेका थिए ।प्रदेशसभाले भुक्तानीका लागि उपसभामुख बबिता राउत इसरको संयोजकत्वमा विशेष समिति समेत गठन गरियो । तर एक साता नबिन्दै उपभासमुख इसरले समितिको संयोजकबाट राजीनामा दिइन् ।त्यसपछि समितिको सदस्य रहेकी लोसपाकी सांसद रानीकुमारी शर्मालाई संयोजक तोकियो । तर समितिले काम गर्न नसकेपछि म्याद थप्ने बुझिएको छ ।साभार : नेपाल प्रेस