जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका- ६ का एक ठेकेदारले मजदुरलाई बाँधेर निर्घात कुटपिट गरी कालोमोसो दलेर अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।रमजान मनाउन मजदुरी गरेको पैसा मागेपछि ठेकेदार कृष्ण मिश्रले मजदुर मोबारक नदाफलाई अमानवीय व्यवहार गरेका हुन् । काम गरेको पैसा दिन्छु भनेर बोलाएर मजदुर नदाफलाई बांधेर निर्घात कुटपिट गरे र पछि बासमा बाँधेर कालोमोसो दलेका थिए ।बांधेर राखेको थाहा पाएपछि पुगेको प्रहरीले नदाफलाई उद्धार गरेका थिए । काम गरेको पैसा मागेपछि चोरीको आरोप लगाएर चैत्र २३ गते नदाफमाथि ठेकेदार मिश्रले अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।उनका अनुसार घटनाको विहानपल्टै अमानवीय व्यवहार गरेका ठेकेदार मिश्र पक्राउ परिसकेका छन् । उनीमाथि अमानवीय व्यवहार गरेको कसुरमा मुद्दा चलाइसकेको उनले बताए ।ठेकेदारले नदाफलाई औजार लिएर आउन भनेका थिए । नदाफ पुगेपछि आफ्नो औजार चोरेको भन्दै ठेकेदार मिश्र कुटपिट गरे र पछि कालोमोसो दलेर बाँधेर बन्धक बनाएका थिए ।साभार : नेपाल प्रेस