काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री तत्काल आवश्यक भएपछि आइतबार कांग्रेस सांसद एनपी साउदको शपथग्रहण हुने भएको छ ।कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा साउदलाई जिम्मा दिन लागिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई एनपी साउदको नाम सिफारिस गरेको बताइएको छ ।कांग्रेसको भागका अन्य चार मन्त्रीको शपथग्रहण भने उपचुनावपछि हुने बताइएको छ । प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साताभित्रै हुँदै छ ।साभार : नेपाल प्रेस