काठमाडौं । गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा-२ बाट प्रतिनिधिसभामा इन्ट्री मारेका छन् । केही बेरअघि सम्पन्न मतगणनाको नतिजाअनुसार २८ हजार ४१५ भोट ल्याएर उनी विजयी भएका हुन् । उनका प्रमुख प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहा २३ हजार ३३४ मतमा रोकिए । यादव र कुशवाहाबीचको मतान्तर ५०८१ रहेको छ ।यहाँ एमालेका पुरुषोत्तम पौडेलले १०२१६ मत प्राप्त गरे । रास्वपाबाट उठेका रमेशप्रसाद खरेलले ५ हजार पनि मत प्राप्त गरेनन् । उनी २८२९ मतमा रोकिए ।मंसिर ४ को चुनावमा सप्तरी २ बाट जनमतका अध्यक्ष सीके राउतसँग १८ हजारभन्दा बढी अन्तरले चुनाव हारेका उपेन्द्र आफ्ना पार्टीका रामशहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपचुनावमार्फत संसदमा आएका हुन् ।बारामा उपेन्द्रलाई हराउन सीकेले पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता कुशवाहालाई पार्टीमा भित्र्याएर चुनाव लडाएका थिए ।साभार : नेपाल प्रेस