काठमाडौं । अब नेपालमा बनेको सवारी साधन पनि दर्ता हुने भएका छन् । यसभन्दा पहिले कानूनमा नेपालमा सवारी बन्ने कल्पनासमेत गरिएको थिएन ।यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था, कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता हुने व्यवस्था गरेको हो ।नेपालमा नै मोटरसाइकल, गाडी र स्कुटरको पार्टस् बन्दैन । विदेशबाट ल्याएको पार्टपूर्जाबाट एसेम्बल गरेर बाइक, गाडी र स्कुटर दर्ता हुने भएको हो । अब नेपालमा एसेम्बलिङ गर्ने दर्ता अर्थात नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने भएको हो ।साभार : नेपाल प्रेस