काठमाडौं । भारत तफै जादै गरेको भ्यान चेकजाँचका क्रममा प्रहरीले आधा किलो भन्दा बढी सुन र करिब ६ किलो चाँदी तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार बेलुका विराटनगर १५ बाट सुन–चाँदी र भारतीय रकमसहित तीन जना पक्राउ परेका हुन् ।कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कडेलका अनुसार विराटनगर महानगरपालिका– १५ बाट विराटनगर– २ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटीहारका ६१ बर्षीय बिनोदकुमार मुरारका र ५६ वर्षीया पुष्पा मुरारका पक्राउ परेका छन् । विराटनगर २ का कामत केएल दुगड ग्रपुका सवारी चालक हुन् । बिनोद र पुष्पा श्रीमान श्रीमती हुन् । बिनोद केएल दुगड ग्रुपका लेखापाल रहेकाे प्रहरीले बताएकाे छ ।उनीहरु सवार को२ च १४९५ नम्वरको इको भ्यानबाट ५३ तोला सुन, ६ किलो चाँदी र सात लाख ९५ हजार २ सय रुपैयाँ भारतीय रुपैयाँ पनि बरामद भएको हो । बरामद सुन चाँदीका नगद करिब ९० लाख रुपैयाँ बराबर रहेको प्रहरीले बताएको छ ।प्रहरीले सुनको बिस्कुट, सिक्का, कनौती बरामद गरेको थियो । चाँदीको ढक्का, सिक्का,दाना, कचौरा थाल, चम्चा, गिलासलगायत कच्चा पदार्थ बरामद गरेको थियो ।साभार : कोसी अनलाइन