जनकपुरधाम । धनुषाका विधार्थी संगठनहरुले जनकपुरधाम उपमहानगरपालिकाको भानु चौकमा भानुभक्त आचार्यको शालिक अविलम्ब निर्माण गर्न माग गरेका छन । विधार्थी संगठन हरुले संयुक्त रुपमा मंगलवार नगर प्रमुख मनोज कुमार साह संग भेट गरी शालिक निर्माण कार्य अगाडी बढाउन ध्यानाकर्षण गराएका हुन । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख साहले ध्यानाकर्षण पत्र बुझदै चाडै शालिक निर्माण कार्य अगाडी बढाईने बताए । उनले शालिक निर्माण स्थगित भएको अफवाहको पछाडी नलाग्न आग्रह गर्दै चाडै निर्माण कार्य अगाडी बढाईने प्रतिवद्धता व्यक्त गरे । बिगत केही दिन पहिला मात्र भानु चोकमा भानुभक्त आचार्यको शालिक निर्माण कार्यको शिलान्यास नगर प्रमुख साहले गरेका थिए । शिलान्यासको क्रममा लोकतान्त्रिक विधार्थी संगठनले सो स्थानमा रमेश महतोको शालिक निर्माणको माग गर्दै प्रदर्शन गरेका थिए जनकपुरधाम उपमहानगरपालिकाको नवाैं नगर सभा बाट भानुचोकमा भानुभक्त आचार्यको शालिक निर्माण गर्ने निर्णय भएको र सोको लागि बजेट समेत विनियोजन भईसकेको छ । नेपाल विधार्थी संघ, अनेरास्ववियु (ने.क.पा. एमाले), अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टि, अनेरास्ववियु (ने.क.पा. एकिकृत समाजबादी), राष्ट्रिय प्रजातन्त्र विधार्थी संगठन, नेपाल समाजबादी विधार्थी युनियन मधेश, नेपाल तरुण दल, राष्ट्रिय युवा संघ, वाई.सि.एल., युथ फोर्स र युवा संघ नेपालले संयुक्त रुपमा उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन ।