जनकपुरधाम । नेपाल प्रेस यूनियन धनुषा शाखाको दशौं जिल्ला अधिवेशनबाट सभापतीमा पुनः राजन सिंह सर्वसम्मत चयन भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० स्थित पर्यटकिय स्थल नोचा पोखरीमा आयोजित युनियन धनुषाको दशौं अधिवेशनबाट राजन कुमार सिंहको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षद्वयमा घनश्याम मिश्र र निरंजन कुमार साह, समावेशी महिला उपाध्यक्षमा रूपा कर्ण, सचिवमा हरिवंश यादव, सहसचिवमा तेज कुमारी पौडेल र कोषाध्यक्षमा किशोर मण्डल चयन भएका हुन । त्यसै गरि दशजना सदस्यहरुमा चंदन ठाकुर, राहुल सिंह, चन्दन शर्मा, रामेश्वर महतो, एलिना सिंह, रिता थापा, कृष्णा कँडेल, राम सुन्दर कामत, पूजा मण्डल र सुकदेव मण्डल रहेका छन ।
अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पत्रकार महासंघ सुद्विकरणको अभियानमा रहेको दोहराउदै त्यसको नाममा लोकतन्त्रवादी पत्रकारहरुलाई पाखा लगाउने काम भइरहेको सुन्नमा आएको छ भन्दै त्यस्तो हुन नहुने बताएका छन् ।
त्यसैगरि युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कुमार कर्ण, सचिव अजित तिवारी तथा नेपाली कांग्रेस धनुषाका उपसभापती गणेश झाले संघियता विरोधीहरुलाई प्रेस युनियनहरुले कलमका माध्यमबाट तह लगाउन आवयश्क रहेको बताए । वरिष्ठ पत्रकार रामभरत साह संयोजकत्वको पाँच सदस्यीय छनौट समितिमा प्रेस युनियनका केन्द्रिय सचिव अजित तिवारी, मधेशका महासचिव अजय साह, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री र वरिष्ठ पत्रकार प्रफुल्लराज घिमिरे रहेका थिए जस्ले नयाँ कार्यसमितिको निश्कर्ष लगाएका छन् ।कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री, मधेश अध्यक्ष राजेश कुमार कर्ण, वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, उपाध्यक्ष रमिता नेपाल, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल प्रेस काउन्सिलका पुर्व सदस्य नवल किशोर यादव, प्रेस युनियनका नेता प्रफुल्लराज घिमिरे, केन्द्रिय प्रतिनिधी देवेन्द्र बस्नेत, प्रेस चौतारीका अवधेश कामत, समाजवादी प्रेस संगठनका अकुल साह, नेविसंघका नेता सुजित यादव, कांग्रेसका युवा नेता प्रवेश चौधरी, छेवी राउत, सहितकाले आ आफनो धारणा राखेका थिए भने कार्यक्रममा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस युनियनका नेता शैलेन्द्र झा, राराबका स्ववियु सभापती मनिष यादव सहितको उपस्थिती थियो ।साभार : एसपी खबर