एजेन्सी । चेन्नाइ सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ ।गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किङ्ग्सले पाँचौं पटक उपाधि जितेको हो । २१५ रनको लक्ष्य पछ्याएको चेन्नाइले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो ।पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो ।राम्रो सुरुवात गरे पनि विकेट गुमाएका कारण दबाबमा परेको टोलीलाई अन्तिम दुई बलमा १० रन चाहिएको थियो । दुई बलमा रवीन्द्र जडेजाले २ बलमा १० रन जोड्दै लक्ष्य पुरा गरे । पहिलो बलमा छक्का हानेका जडेजाले अर्को बलमा चौका हानेपछि पाँच विकेटले विजयी भएको हो । गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । साभार : कोसी अनलाइन