काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्नको लागि सिफारिस गरिएको छ ।दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले नेपाल प्रेसलाई बताए ।मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकिय सम्मानसहित अन्तेष्टि गरिने उनले बताए । लामाे समयदेखि बिरामी रहेकी दाहालकाे आज बिहान नर्भिक अस्पतालमा निधन भएकाे थियाे ।साभार : नेपाल प्रेस