जनकपुरधाम । पापमाेचनी समाज सेवा समिति धनुषाकाे दाेस्राे साधारणा सभा सु-सम्पन्न भएकाे छ । सुशासन, शान्ति, सदभाव तथा सामाजिक न्यायकाे लागि आवाज उठाउने संस्थाकाे रूपमा रहेकाे समितिका अध्यक्ष सचिदानन्द मिश्रले बताए ।
उनले पापमाेचनी स्थल निकट रहेका वडाहरू ४, १२ र २४ का वासिन्दाहरू मिलेर यश क्षेत्रलाई पापमाेचनिनगर नामाकरण गरेका समेत जानकारी गराए ।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनाेज कुमार साहले प्रमुख अतिथिकाे आसनवाट भने संस्था टाेल सुधार समितिकाे रूपमा प्रसिद्ध समितिका साथिहरूलाई अझै जाेस जागरले काम गर्न आग्रह गर्नु भयाे ।
उहांले जनकपुरकाे विकास गुठ्ठिकै कारण हुन नसकेकाे बताए । मेयर साहले भने जनकपुरधामकाे ८० प्रतिशत जग्गा गुठ्ठि अधिनस्त हंदा आन्तरिक आयकाे वाधककाे रूपमा गुठ्ठिलाई संज्ञा दिए । यदि गुठ्ठि आफ्नाे हरकत वाट बाझ न आए तालावन्दि समेत गरिने चेतावनि मेयर साहले दिए । उत्त संस्थाका प्रगति प्रतिवेदन सचिव राजेन्द्र महताेले प्रस्तुत गरि निर्वाचन सर्वसम्मतिवाट नव कार्य समिति गठन हुने वताए ।
समितिका सल्लाहकार भागिरथ लाल कर्ण, उपाध्यक्ष माे. युसुफ, वडाअध्यक्ष महेन्द्र साह , पं. सुरेश झा , विशेश्वर शर्मा लगायतका वत्ताहरूले आ-आफ्नाे मन्तव्य प्रकट गरेका थिए ।