जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा आईतवार वृक्षरोपण कार्यक्रम गरिएको छ । शहिद कामेश्वर कुशेश्वर प्रतिष्ठान लक्ष्मीनियाँ बजार तथा नेपाल भारत मैत्री युवा संघ धनुषा जिल्लाको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सप्पन्न भएको हो । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य शेष नारायण यादव रहेका थिए । संघका जिल्ला अध्यक्ष बजरंग यादवको अध्यक्षता भएको वृक्षरोपण कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं काङ्ग्रेस मधेस प्रदेश समिति सदस्य जीवनाथ चौधरी ,संघका सचिव फुलगेन यादव ,संघका जिल्ला सदस्य अकबर मन्सुर,शैलेन्द्र चोरबार ,नेपाली काङ्ग्रेस धनुषा क्षेत्र न. -४का सभापति योग नारायण यादव ,काङ्ग्रेसका नेता श्याम यादव ,राम वर्ण पासवान ,अताबुल हक ,हरि यादव लगायतका नेता कार्यकर्ता सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।